सबै तथ्याङ्क आएपछि मात्रै आवास

Sharing is caring!

असार ३०, २०७६ । सरकारले सबै निकायसँग तथ्यांक संकलन गरेपछि मात्रै पीडितहरुका लागि आवश्यक आवास पुनःनिर्माणको काम अघि बढाउने निर्णय गरेको छ ।

आइतबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्दार र उपचारका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो ।

सरकारले पीडितहरुको राहत, उद्धार र उपचारका काममा आवश्यक समन्वय गर्न संघीय, प्रदेश र स्थानीय तहका सबै जनप्रतिनिधिहरूलाई आग्रह गरेको उहांले जानकारी दिनुभयो।

बैठकले त्यसका लागि सबै निकायस“ग समन्वय गरेर काम गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । यसैगरी सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध बाटो, विद्युत, सञ्चारलगायतका अति आवश्यकीय सेवा तत्काल सुचारु गराउन सम्बन्धित निकायलाई परिचालन गरिएको जनाएको छ ।

उक्त बैठकले आइतबार अपरान्हसम्म बाढी–पहिरोमा परी ५१ जनाको मृत्यु, ३१ जना वेपत्ता, २८ जना घाइते भएको र १० हजार ३ सय ८५ जना घरधुरी विस्थापित भएको पुष्टि गरेको छ । सरकारले स्वतःस्र्फूत रुपमा उद्धार, राहत तथा उपचारमा खटिने सुरक्षा निकाय, अस्पताल, चिकित्सक, सरकारी तथा गैरसरकारी सबै संस्थालाई धन्यवाद दिएको छ । यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *