३१ गते चन्द्रग्रहण

Sharing is caring!

असार ३०, २०७६ । यस पटक गुरु पूर्णिमाका दिन असार ३१ गते मङ्गलबार राति १ः४६ बजे खग्रास चन्द्रग्रहण लाग्दैछ । यो ग्रहण बुधबार बिहान ४ः४५ सम्म रहन्छ । यो ग्रहण नेपालको अधिकांश भागबाट देख्न सकिनेछ । ग्रहण ३ घन्टा ५९ मिनेटसम्म रहन्छ । आकाशगङ्गामा सूर्य र चन्द्रबीच पृथ्वी रहँदा पृथ्वीको छाया चन्द्रमामा परेको बेला चन्द्र ग्रहण लाग्ने गर्छ ।

खण्डग्रासमा आधा छाया मात्र चन्द्रमामा ढाकिएको हुन्छ । ज्योतिषी डा. सुनिल सिटौलाका अनुसार चन्द्रमाको पूर्वी दिशाबाट स्पर्श गरी ग्रहण पश्चिम दिशामा सकिन्छ । सिटौलाका अनुसार मेष, वृष, सिंह, कन्या, वृश्चिक, धनु, मकर राशिका व्यक्तिलाई यो ग्रहण कष्टप्रद र अशुभ छ । कर्कट, तुला, कुम्भ, मीन राशिकालाई शुभ छ ।

ग्रहण लाग्दा शुभकार्य नगर्ने र ग्रहण समापनपछि स्नान दान गर्दा राम्रो हुने ज्योतिषी डा. लोकराज पौडेलको भनाइ छ । यो खबर गोरखापत्रबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *