भीम रावल एमाले छोड्ने संकेत !

Sharing is caring!

वैशाख १४, २०८१ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वउपाध्यक्ष डा.भिम रावल पार्टीमा अहिले जिम्मेवारी विहिन अवस्थामा छन् । कुनै समयमा सुदुरपश्चिममा एमालेको खम्बाको रुपमा मानिने रावल पार्टी अध्यक्ष केपी शर्माको ‘प्रतिशोध’ का कारण उनी एमाले छोडने अवस्थामा पुगेका छन् ।

एमालेको चितवनमा भएको १० औं महाधिवेशनमा रावल अध्यक्षका उम्मेदवार थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसंग रावल पराजित भए । महाधिवेशनमा ओलीसंग प्रतिस्पर्धा गरेको र ओलीको गलत काम तथा कार्यशैलीको आलोचना एवं कडा विरोध गरेकै कारण उनी पार्टी राजनीतिमा कुनै जिम्मेवारी पाउँन नसकेका हुन् ।

पार्टीमा जिम्मेवारी विहिन भएका रावल पार्टीका बैठक एवं कार्यक्रममा समेत जान छोडेका छन् । ओलीसंग प्रतिस्पर्धा गरेको र उनको गलत कार्यको आलोचना एवं विरोध गरेकै कारण रावललाई पार्टीमा कुनै जिम्मेवारी नदिई पार्टी छोड्न वाध्य बनाइएको छ ।

गत ८ र ९ बैशाखमा ललितपुरको गोदावरीमा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद बैठक बस्यो । देशैभरीका नेताहरु सो बैठकमा सहभागि भए पनि रावल सो बैठकमा सहभागि भएन् । रावल किन बैठकमा सहभागि भएनन भन्ने खोजविन पनि कसैले गरेन् । बैठकमा सहभागि हुनुपर्छ भन्ने ’दयगतमा नेतृत्वले कुनै चासो समेत देखाएन् । त्यसपछि रावलले आफूमाथि प्रतिशोध साँधेर प्रतिनिधि परिचयपत्र समेत नबनाइदिएपछि बैठकमा आफू उपस्थित नभएको जानकारी गराएका छन् ।

यि र यस्तै बिभिन्न कारणले रावलले एमाले परित्याग गर्ने संकेत गरेका छन् । बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै रावलले आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताए । ललितपुरको गोदावरीमा भएको पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई परिचय पत्र समेत उपलब्ध नगराउने काम भएको भन्दै रावलले अब आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताए ।

‘गोदावरीको अधिवेशनमा उहाँहरूले जुन प्रकारको व्यवहार गर्नुभएको छ । मैले के सोचेको छु भने राजनीतिक जीवनको एउटा मोडमा धकेलिएको जस्तो महसुस भएको छ’ रावलले भने । घुम्तीमा पुगिसकेपछि सामान्य मान्छे पनि अर्को मोडतिर लाग्न सक्ने उल्लेख गर्दै रावलले आफ्नो हकमा पनि त्यही हुनसक्ने भन्दै एमाले छाड्न सक्ने संकेत गरे ।

‘एउटा घुम्तीमा पुगेको जस्तो मैले महसुस गरेको छु । त्यो घुम्ती पुग्दा जोसुकै पनि अर्को मोडमा लाग्न सक्छ’ उनले भने, ‘भविष्यमा त्यो मोड कस्तो हुने छ भन्ने कुरा फेरि बताउने नै छु ।’ आफू विधि र नेपालको राष्ट्रिय हितको पक्षमा उभिँदा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा सहभागी हुनबाट वञ्चित गराइएको पनि उनले दाबी गरेका छन् ।

ओलीको प्रतिशोध र पेलान
एमालेमा विगतदेखी नै अध्यक्ष पदबाट पराजित नेतालाई सम्मानित वा वरिष्ठ नेताको पद दिने चलन थियो । तर रावलको हकमा भने त्यो पनि लागु भएन । १०औँ महाधिवेशनमा अध्यक्ष पदमा ओलीलाई चुनौती दिएकै कारण रावलले उक्त पद नपाएका हुन् । त्यसबाहेक गत मंसिरमा एमालेले मध्यपहाडी लोकमार्गको झुलाघाटदेखि चिवाभन्ज्याङसम्म संकल्प यात्रा गर्यो । यात्रामा सबै शीर्ष नेताहरू सहभागी भए, तर रावललाई भने कहीँ पनि समावेश गराइएन ।

रावलकै गृह जिल्लामा पनि ओली सहितका शीर्ष नेताहरू पुगेर तीन ठाउँमा कार्यक्रम गर्दै भाषण ठोके । ओलीले रावलको गृहजिल्लामै पुगेर भाषण ठोके पनि रावल काहाँ छन् भन्ने कुनै चासो नै देखाएनन् । करिब ५ दशकदेखि रावल एमालेको राजनीतिमा छन् । तर राजनीतिक जीवनको उत्तरार्धमा आइपुग्दाजस्तो कठिन र पेलान उनलाई कहिल्यै भएन ।

रावलले १०औं महाधिवेशनमा ओलीसंग प्रतिस्पर्धा मात्रै गरेका थिएनन् । ओलीले जारी गरेको केन्द्रीय कमिटीको लिष्टको खुलेर विरोध गर्नुका साथै आलोचना समेत गरेका थिए । ओलीको चाहना सर्वसम्मत अध्यक्ष हुने थियो । तर रावलले अध्यक्षमा उम्मेदवारी दिदै उनलाई चुनौती दिए । रावल ओलीका क्रियाकलापहरू प्रति खरो आलोचना गर्न चुक्दैनन् । यो कारण पनि ओली उनीसँग रुष्ट हुँदै आएका छन् । रावल ओलीको यस्तो पेलानमा परेकी पछिल्लो निर्वाचनमा उनले टिकट समेत पाएनन् । ओलीले रावललाई निर्वाचनमा टिकट दिएनन् ।

२०६५ सालमा बुटवलमा भएको एमालेको ८ औँ महाधिवेशनमा केपी ओलीको प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएर पराजित बनेका रावल २०७१ सालमा काठमाडौंमा भएको ९ औँ महाधिवेशनमा माधव नेपालको प्यानलबाट सर्वाधिक मत ल्याएर उपाध्यक्षमा विजयी बनेका थिए । तर त्यसयता भने उनको ओरालो यात्रा सुरु भयो । एमाले र माओवादीको एकतामा बनेको नेकपाको सचिवालयमा समेत उनी अटाइएनन् ।

नेकपा फुटपछि एमालेभित्र चेपुवामा परेका रावल माधव नेपालले पार्टी फुटाएर नेकपा ९एकीकृत समाजवादी० बनाउन सँगै गएनन् । बरु एमालेमै बसे । तर एमालेमै रहेर पार्टी फुटाउनुलाई निको नमानेका तीनै रावल अहिले ओलीको उपेक्षाका कारण बिस्तारै पार्टीभित्रै ओझेल हुँदै गएका छन् ।

हरायो वार्ता समिति
ओली र रावलबीचको असन्तुष्टिलाई समाधान गर्न पार्टी भित्र वार्ता समिति समेत बनेको छ । तर त्यो समिति गठनसंगै हराएको छ । नसमस्या समाधान हुन्छ नत कहिल्यै त्यो समितिले कुनै छलफल नै गर्छ । ओलीको स्वेच्छाचारी शैलीकै कारण नै पार्टीका नेताहरु एमाले छोड्न बाध्य हुदैछन् ।

एमालेको चितवनमा भएको १० औं महाधिवेशनमा उनी अध्यक्षका उम्मेदवार थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसंग रावल पराजित भए । महाधिवेशनमा ओलीसंग प्रतिस्पर्धा गरेको र ओलीको गलत काम तथा कार्यशैलीको आलोचना एवं कडा विरोध गरेका कारण उनी पार्टी राजनीतिमा कुनै जिम्मेवारी पाउँन नसकेको विश्लेषण हुदै आएको छ ।

एमालेको १८ चैत २०७९ मा भएको सचिवालय बैठकले रावलसंग वार्ता गर्नका लागि एक समिति गठन गर्यो । पार्टी उपाध्यक्ष बिष्णु पौडेलको संयोजकत्वमा गठन भएको सो वार्ता समितिमा पार्टी सचिव लेखराज भट्ट र स्थायी कमिटीका सदस्य कर्णवहादुर थापा सदस्य छन् । वार्ता समितिमा रहेका तीनै जना नेताहरुसंग रावलको आन्तरिक सम्बन्ध त्यति राम्रो भने छैन् ।

उपाध्यक्ष पौडेल नेतृत्वको वार्ता समितिसंग पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा एक चरणको वार्ता भयो । ३ बैशाखमा पहिलोपटक समिति र डा। रावलको बीचमा छलफल भएको थियो । वार्ता सकारात्मक भएको कुरा सार्वजनिक भयो । तर दोस्रो चरणको वार्ता वा पार्टीमा जिम्मेवारी दिने कुरा भने अझै भएको छैन् । समिति पनि के गर्दैछ र कहाँ छ भन्ने कुरा खोज्न समेत अर्को समिति गठन गर्नुपर्ने अवस्था आएको छ ।

एमालेले केही समय अघि चलाएको ‘मिसन ग्रासरुट’ अभियानका क्रममा उपाध्यक्ष पौडेल रावलको गृहजिल्ला अछाम पुगेका थिए । अछाममा उनले रावलको आलोचना गरेपछि कार्यक्रममै रावलका कार्यकर्ताले प्रतिवाद गरेका थिए । सुदुरपश्चिममा एमालेभित्र अझै बलियो मानिएका रावलको गृहजिल्लामै पुगेर पार्टी उपाध्यक्ष पौडेलले आलोचना गरेपछि पार्टीकै कार्यकर्ताले प्रतिवाद गर्दा त्यसपछि वार्ता समिति गठन गर्न एमाले बाध्य भयो । अछामको सो घटना पश्चात पौडेल र रावलका बीचमा केही दिन जुहारी नै चलेको थियो ।

सुदूरपश्चिम प्रदेशको विषय भएको र पार्टीको मिसन ग्रासरूट अभियानकै समयमा आन्तरिक विवाद समाधान गर्न भन्दै पार्टीले सुदूरपश्चिममा खटाएका उपाध्यक्ष पौडेल र सुदुरपश्चिमकै भट्ट र थापा रहेको वार्ता समिति बनाइएको थियो । यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *