पुरुषजति परदेशीयपछि महिलाकै भरमा सुनसरी–मोरङका उद्योग

Sharing is caring!

असार ८, २०७५ । पुरुष रोजगारीको खोजीमा नेपालबाहिर जान थालेपछि सुनसरी–मोरङ औद्योगिक कोरिडोर क्षेत्रमा अहिले मजदूर अभाव खड्किएको छ । त्यस क्षेत्रमा हाल मजदूर अभाव हँुदा उद्योगी समस्यामा परेका हुन् । ३ सयको हाराहारीमा रहेका उद्योग अहिले महिला कामदारको भरमा सञ्चालन हँुदै आएको छ । पछिल्लो ३ वर्षयता उक्त औद्योगिक कोरिडोर क्षेत्रमा मजदूर अभाव खड्किँदा उद्योगले बजारमा माग भएजति उत्पादन बढाउन सकेका छैनन् ।

वर्षाैदेखि महिलाको भरमा सञ्चालन भएका उद्योगले उत्पादन बढाउन नसक्दा दैनिक लाखौं घाटा बेहोर्नु परिरहेको उद्योगीले बताए । नेपालकै ठूलो मानिएको रिलायन्स स्पिनिङ मिलका गोविन्द बजगाईंले पुरुष अभावमा महिलाले गरेको काम सन्तोषजनक रहे पनि नाफामूलक नरहेको बताए ।

पुरुषको तुलनामा महिला बढी खटिने उनले बताए । पुरुष कामदारको अभावलाई टार्न अहिले सुनसरी मोरङका ३ सय बढी उद्योगले महिलालाई कामदारका रूपमा खटाउन थालेको छ । कोरिडोरभित्रका चकलेट, चाउचाउ, बिस्कुट, प्लाष्टिक र जुट उद्योगमा मात्रै हजारौं महिला कामदार छन् । यता कोरिडोरकै केही उद्योगमा भने महिला कामदार नै उत्कृष्ट सावित भएका छन् ।

महिला कामदार थपिएसँगै अहिले मजदूर अभावको समस्या टरेको र उत्पादनले पनि राम्रै गति लिएको एशियन थाइ फूड्सका सञ्चालक महेश जाजूले बताए । सुनसरी–मोरङ औद्योगिक कोरिडोर क्षेत्रमा हाल ६० हजारभन्दा बढी महिलाले रोजगारी पाएका छन् ।यो खबर आजको आर्थिक अभियानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *