कांग्रेसलाई शत्रु ठान्नु पार्टीलाई सिध्याउने सिद्धान्त हो : माधव नेपाल

Sharing is caring!

वैशाख १४, २०८१ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेसलाई शत्रु ठान्नु पार्टीलाई सिध्याउने सिद्धान्त मात्रै रहेको टिप्पणी गरेका छन् । आज युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ,सरकारमा आवद्ध केही दलहरुले कांग्रेससँग सम्बन्ध टुटेर जाओस् भन्ने चाहेको उल्लेख गर्दै उनले, कांग्रेसलाई शत्रु ठान्नु पार्टीलाई सिध्याउने सिद्धान्त मात्रै रहेको टिप्पणी गरेका हुन् ।

यो चुनावमा कुनै पार्टीलाई बहुमत आएन, अहिलेको १२ वटा पार्टी संसदमा छन् । म प्रधानमन्त्री हुँदा २५ वटा पार्टी थिए । त्यसमध्य र्मैले २२ वटा पार्टीलाई समेटेर सरकारमा लगेको थिए । अहिले सरकारमा ६ वटा सरकारमा छन् । ६ वटा सरकरा बाहिर । एउटा पार्टी अलग हुने बित्तिकै सरकार माथिबाट तल भुइँमै पछारिन्छ । कोही पनि घमण्डी नहोस् । दम्भ नदेखाऔं, झण्डै झण्डै दुर्घटना होला कि भन्ने अवस्था सुदूरपश्चिमको प्रदेशको मुख्यमन्त्रीको चुनाव सिलसिलामा आइसकेको थियो । उनले भने, ‘तर प्रधानमन्त्रीले लचकता देखाउनुभयो । अहिले हाम्रो पार्टीको मुख्यमन्त्री हुनुहुन्छ । अहिले विभिन्न प्रदेशमा हाम्रा मन्त्रीहरुलाई स्थान दिइएको छ । कसै कसैले कांग्रेसलाई शत्रु भन्नुपर्छ भन्छन् । प्रहारको निशाना त्यतै ताक्नुपर्छ भन्छन्। जसले गर्दा कांग्रेससँग सम्बन्ध टुटेर जाओस् भन्छन् । यो पार्टीको हितमा होइन् । पार्टीलाई सिध्याउने सिद्धान्त मात्रै हो ।

उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले सत्तामा गएपछि मात्तिएको आरोप लगाए । उनले नेकपा दुई तिहाइमा पुग्दा शक्तिको सदुपयोग गर्न नसकेको भन्दै नेताहरुको दिमागमा घमण्ड सवार भएपछि कम्युनिष्ट आन्दोलनमा क्षति पुर्याएको बताए ।

उनले भने, ‘हामी दुई तिहाइको अवस्थमा पुगेका थियौं, त्यो बेलामा हामीले शक्तिको सदुपयोग गर्न सक्नुपर्थ्यो । यो सदुपयोग हुन सकेन नेताहरुको दिमागमा घमण्ड सवार भयो । मैमत्त भय शक्तिको कारणले अहंकार पैदा गर्दे रहेछ । यो अहिले कम्युनिष्ट पार्टीमा पनि देखिएको छ । ३० को दशकमा त्यस्तै व्यक्ति जर्मनीमा जन्मेका थिए त्यसको नाम हिटलर हो । ख्याल गर्नुपर्छ सत्ता शक्तिमा पुगेपछि मात्तिनु हुँदैन । सत्तामा गएपछि विधनमा रहनुपर्छ मात्तिनु हुँदैन् । मात्तिएपछि त्यसको भोग्नुपर्छ । कम्युनष्टि आन्दोलनमा क्षति पुग्यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *