कांग्रेसको मधेस प्रदेश सम्मेलन बिहीबारदेखि जनकपुरधाममा

Sharing is caring!

पुस ४, २०८० । नेपाली कांग्रेसको मधेस प्रदेश सम्मेलन बिहीबारदेखि जनकपुरधाममा हुँदैछ ।

सम्मेलन तयारीका सन्दर्भमा बुधबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका मधेश प्रदेशका सभापति कृष्ण यादवले दुई दिनसम्म चल्ने पार्टीको पहिलो मधेश सम्मेलनले संघीयताको कार्यान्वयनमा नेता कार्यकर्ताको हिम्मत बढाउने बताएका छन् ।

उनले भने, यो सम्मेलनले पार्टीको मधेसमा उपस्थिति दर्शाउनेदेखि संघीयता र गणतन्त्रलाई थप बल प्रदान गर्ने छ । मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका यादवले सम्मेलनमा पार्टी सभापति, उपसभापति, महामन्त्रीसहित मन्त्री र शीर्ष नेताहरुको सहभागिता रहने जानकारी दिए ।

उनले कांग्रेसको नेतृत्व बिना देश मात्र नभई मधेस पनि अगाडि बढ्न नसक्ने स्थिति रहेकाले यस सम्बन्धमा समेत सम्मेलनले ठोस निष्कर्ष निकाल्ने बताए ।

त्यसअघि पार्टीको मधेश प्रदेशका महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठले बुधबारको बैठकमा भएका निर्णयहरु बारे जानकारी गराएका थिए । पत्रकार सम्मेलनमा पार्टीको मधेस प्रदेश समितिका उपसभापति तथा मधेस सरकारका मन्त्री वीरेन्द्र सिंह, कोषाध्यक्ष प्रदीप यादव, नेता रामसरोज यादवलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *