काठमाडौं महानगरले गर्‍यो दुई औषधि पसलमा सिलबन्दी

Share this news:

पुस ५, २०८० । काठमाडौँ महानगरपालिकाले नियम नमान्ने दुई वटा औषधि पसलमा सिलबन्दी गरेको छ ।

बुधबार अनुगमनका क्रममा महानगरपालिकाको पूर्वसूचना बमोजिम नगरिएको र दर्तासमेत नरहेको पाइएपछि महानगरपालिकाले दुई वटा औषधि पसलको सटक सधैँका लागि बन्द गरिदिएको हो । वडा नं. १७ ठमेलमा रहेको हिमालय स्टोर र वडा नं. ३ महाराजगञ्जमा रहेको माइबेनी मेडिकल हलमा महानगरपालिकाले सिलबन्दी गरेको हो ।

महानगरको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले कानूनबमोजिम दर्ता नभएका, एउटा प्रयोजनमा दर्ता भएर अर्को काम गरिरहेको, अनधिकृत औषधि बेचेको, पसलमा म्याद सकिएको औषधि पाइएकाले सिलबन्दी गरिएको बताए ।

उनका अनुसार अर्को एउटा पसललाई भने सुधारका लागि १५ दिनको म्याद दिइएको छ । वडा नं. १ मा रहेको कृषु आयुर्वेदिक फार्मेसीलाई सुधारकालागि १५ दिनको समय दिइएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *