पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न पूर्व राजा बिर्तामोड जाँदै

Sharing is caring!

मंसिर ८, २०८० । पूर्व राजा ज्ञानेन्द्र शाह आज दिउँसो झापा जाने भएका छन्। बिर्तामोडस्थित ई कम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न पूर्व राजा शाह झापा जान लागेका हुन्।

पूर्व राजाको भ्रमण व्यवस्थापन गर्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन एकसाता देखि झापामै छन् । अध्यक्ष लिङदेन पूर्व राजाको कार्यक्रम व्यवस्थापन र तयारी गरिरहेको राप्रपा झापाबाट थाहा भएको छ।

पूर्व राजालाई धुलाबारी पूर्वको मेची रिसोर्टमा बस्ने व्यवस्था गरिएको छ । भोलि शनिबार धुलाबारीस्थित निन्दा खोलाको पुलबाट उनको स्वागतमा मोटर साईकल ¥याली गरिने भएको छ । पूर्व राजालाई ८ हजार मोटरसाइकले स्कर्टीङ गरेर धुलाबारीबाट बिर्तामोड पु¥याउने कार्यक्रम रहेको राप्रपा झापाले जनाएको छ ।
पूर्व राजाले बिर्तामोडमा ४५ मिनेट पैदल हिँडेर सर्वसाधारणसँग भेट गर्ने छन् ।

मंसिर ६ गते नै झापा जाने कार्यक्रम भएपनि अस्पताल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो प्रदर्शकको कार्यक्रम नसकी हिँडिदिँदा अर्कै सन्देश जाने भनेर चिन्ता जनाएपछि पूर्व राजाको झापा यात्रा सारिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *