शनिबारबाट बागमतीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ सुरु हुने

Sharing is caring!

भदौ ८, २०८० । भोलि भदौ ९ गते शनिबारबाट ‘नदी महोत्सव तथा महाजलयात्रा’ सुरु हुने भएको छ ।
नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब कुपण्डोलको आयोजनामा ललितपुरको कुपण्डोलस्थित वागमती पुलबाट बिहान ७ः०० बजेदेखि सुरु हुने महाजलयात्रामा १५ वटा डुंगामार्फत जलयात्रा गर्न सकिने छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले बागमती नदी संरक्षण गर्ने उद्देश्यले शनिवारबाट ‘नदी महोत्सव तथा महाजलयात्रा’ सुरुवात हुन लागेको बताए ।

उनले काठमाडौं शहरका साथै बागमती नदीको वातावरण दूषित भएको भन्दै यसबारेमा जनचेतना जगाउन महोत्सव आयोजना गर्न लागिएको बताए । बाजागाजासहित सुरु हुने महोत्सव तथा महाजलयात्रामा सबैलाई नदी नजिक पुर्याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा नदीप्रति सरोकार राख्ने अवस्था सिर्जना गराउने आलेले बताए ।

उनले भने, वागमती रिभर फेस्टिभललाई एउटा मञ्चको रुपमा अगाडि बढाएका छौ । वागमतीमा ढल होईन्, पानी बगाउँनु पर्‍यो, त्यसको लागि के गर्न आवश्यक छ सरकारले ध्यान दिनुपर्छ । नदी सफा र सुन्दर बनाउन सके प्राकृतिक सम्पदाहरूको संरक्षण हुन सक्छ । हाम्रो यो एउटा प्रदर्शन हो, हाम्रो प्रदर्शन ढुङ्गा हानेर होईन, टायर बालेर होईन्, हामीले वागमतीमा गएर एउटा आवश्यक सरोकार, चासो देखाई रहेका छौ । त्यो सरकारले बुझ्नु पर्‍यो ।

अध्यक्ष आलेले नदी सभ्यता संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले सन् २००१ देखि हरेक वर्ष बागमती नदीमा महाजल जात्रा हुने गरेको बताए । यसको संरक्षण गर्ने हो भने भविष्यमा वागमती सबैभन्दा बढी कमाउँने नदी बन्ने विश्वास पनि आलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *