आज संसदीय समिति सभापतिको निर्वाचन

Sharing is caring!

भदौ ११, २०८० । आज प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समितिले सभापति पाउने भएको छ ।

संसद् सचिवालयका अनुसार दसमध्ये ९ वटा विषयगत समितिमा एकल उम्मेदवारी परेको छ । एउटा समितिमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी परे पछि सो समितिमा निर्वाचन हुने भएको छ ।

एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा हुने र दुई जनाको उम्मेदवारी रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि निर्वाचन हुने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *