प्राइम बैंकको प्रमुख कार्यकारी अधिकृतमा सञ्जीव मानन्धर

Sharing is caring!

भदौ ८, २०८० । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा सञ्जीव मानन्धर नियुक्त भएका छन् ।

प्राइम कमर्सियल बैंककोतर्फबाट शुक्रबार जारी विज्ञप्तिका अनुसार बैंकको सञ्चालक समितिको बैठकले रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा बैंक तथा वित्तीय संस्था ऐन २०७३ को दफा २९ बमोजिम मानन्धरलाई नियुक्त गरिएको हो ।

मानन्धरलाई बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पद तथा गोपनीयताको सपथ खुवाएका थिए ।
स्थापनाकालदेखि नै प्राइम बैंकमा महाप्रबन्धकको रुपमा कार्यरत मानन्धर यस अघि बैंकको कायम मुकायम कार्यकारी अधिकृत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *