नेपालमा लगानी गर्न विश्वका प्रतिष्ठित व्यवसायी इच्छुक छन् : अर्थमन्त्री

Sharing is caring!

माघ १३, २०८० । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी बैशाखमा हुने लगानी सम्मेलनबाट नेपालका उद्योगी व्यवसायी र लगानीकर्ताले पर्याप्त फाइदा उठाउन सक्नुपर्ने बताएका छन् । उनले नेपाली युनिक उत्पादन, सेवा र वस्तुको यथेष्ट मार्केटिङ हुन नसकेको भन्दै सबै मिलेर नेपाली उत्पादनको मार्केटिङ र ब्राण्डिङ गर्नुपर्नेमा जोड दिए ।

‘युनिकनेस(फरकपन) अहिले संसारभरी चलेको ट्रेन्ड हो । युनिकनेसबाट धेरै देश हामीभन्दा धेरै अगाडि छन् । नेपालमा युनिक उत्पादन गरेर संसारभरी मार्केटिङ गर्न सकिन्छ । उपभोक्ताले जहिले पनि अरुभन्दा फरक रुचाउँछन् । नेपालको एडभान्टेज भनेको युनिकनेस हो’,महतले भने ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री महतले आर्थिक गतिविधि विस्तारै बढिरहेको, सेयर बजार उकालो लागेको जस्ता उदाहरण दिँदै अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेकोले त्यसको सकारात्कम प्रचार हुनुपर्नेमा जोड दिए । उनले भने, ‘पोजेटिभ न्यारेटिभ सँगसँगै हाम्रो विजनेस र उपभोक्ताको कफिडेन्स बढ्छ । यो सँगै उपभोक्तको कन्फिडेन्स बढेपछि तिनीहरुले वस्तुको उपभोग गर्न थाल्दछन् । त्यसले लगानी बढाउँछ । त्यसले आर्थिक गतिविधि बढाउँछ ।’

उनले आर्थिक क्षेत्रमा गतिविधि बढाउन आत्मविश्वासको कमि भएको भन्दै सकारात्मक वातावरण निर्माणको लागि आत्मविश्वास बढाएर सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताए । उनले नेपालीहरु उद्यमशीलतामा निकै सक्षम रहेको र विदेशमा रहेर उद्यमशीलता विकास गर्न सक्नेले नेपालमा पनि राम्रो गर्ने विश्वासका साथ भने, ‘जहाँजहाँ पनि नेपालीहरु पुगेका छन् उनीहरुले धेरै राम्रो गरेका छन् । उनीहरुले नेपालमा गर्न नसक्ने भन्ने केहीपनि छैन,’ उनले थपे ‘यो उपयुक्त समय हो कि हामीले एउटा सकारात्मक दृष्टिकोणका साथ अगाडि बढौं र आत्मविश्वास जगाऔं । आत्मविश्वास बढाएसँगै धेरै कुरा थप सकारात्मक भएर जान्छ ।’

‘इमर्जिङ नेपाल’ नाम दिएर बैशाखमा गर्न लागेको लगानी सम्मेलन गर्न आवश्यक कानूनी र अन्य आधारहरु पूरा गर्न आफूहरु लागिरहेको बताएका उनले नेपालमा लगानी गर्न भारतका उच्च स्तरका व्यापारी व्यवसायी इच्छुक रहेको बाताए ।

भारतसँगै अमेरिका, चाइनालगायतका व्यवसायीहरु नेपालमा लगानी गर्न इच्छुक देखिँरहँदा सबैतिरबाट लगानी गर्ने वातावरण बनिरहेकोले नेपाली लगानीकर्ता र उद्यमीले यो अवसरको फाइदा लिएर नेपालको प्रमोट गर्नुपर्ने बताए ।
‘बाहिरबाट लगानीको यथेष्ट इच्छा प्रकट भएको छ । इन्डियामा अडानी,अम्बानीलगायत धेरैसँग अलगअलग भेटभयो, उनीहरु नेपालमा लगानी गर्न इच्छुक छन् । लण्डनका उच्च तहका व्यवसायीहरु पनि इच्छुक छन् । अमेरिका र चाइनाका व्यवसायी पनि इच्छुक छन् ।’

उनले थपे, ‘अहिले सबैतिरबाट सुहाँउदो वातावरण बनिरहेको छ । नेपाली उद्यममी र लगानीकर्ताहरुलाई म अनुरोध गर्छु यो समयको उपयोग गर्नुहोस र नेपाललाई हामीले उचितसँग प्रमोट गर्नुपर्छ । हामीले नेपालको उत्पादन र सेवालाई प्रमोट गर्नुपर्छ । बाहिरको मात्रै बजारमा ठूलो उपस्थिति छ भन्ने छ । त्यसलाई मात्र हेर्ने होइन । हामीसँग पनि ट्यालेन्ट छ त्यसलाई उपयोग गरौं’, महतले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *