सरकारलाई थोरै स्रोत साधानले धेरै काम गर्नुपर्ने चुनौती छ : अर्थमन्त्री महत

Sharing is caring!

असोज १९, २०८० । अर्थमन्त्री प्रकाशशरण महतले सरकारलाई थोरै स्रोत साधानले धेरै काम गर्नुपर्ने चुनौती रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित सार्वजनिक निजी साझेदारी मार्फत नेपालमा एचपीभी खोपको प्रवर्द्धन कार्यक्रममा उनले थारै स्रोत र साधनलाई प्राथमिकताको आधारमा प्रयोग गर्नुपरेको बताए ।

उनले भने, ‘स्वास्थ्यको विषयमा कुरा गर्दा आवश्यकता अत्यन्त धेरै स्रोत र साधन भने न्यून छ । थारै स्रोत र साधनलाई प्राथमिकताको आधारमा प्रयोग गर्नुपर्ने चुनौती सरकारको अगाडि छ । ’

उनले पाठेघरको मुखको क्यान्सर उन्मूलन गर्न एचपीभी यो खोप हरेक महिला दिदीबहिनीहरूको पहुँचमा पुर्याउन आवश्यक भएको बताए । स्वास्थ्य क्षेत्रमा लगानी गर्नु पर्ने कुरामा थप दबाब बढेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *