निजि क्षेत्रलाई हेर्ने दृष्टिकोण फेरेको अध्यक्ष ढकालको दाबी

Sharing is caring!

साउन १८, २०८० । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नयाँ समिति आएसँगै पाँच वटा मुद्दालाई प्राथमिकतासाथ अगाडी बढाएको बताएका छन् ।

बिहीबार महासंघको नयाँ नेतृत्वको एक सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा उनले आर्थिक संकटबाट बाहिर निस्कने आन्तरिक र एफडिआइ ल्याउने वातावरण, राज्य र निजि क्षेत्रको साझेदार विकास, रोजगार सिर्जना गरेर वैदेशिक रोजगारमा जानेलाई तालिम दिने र व्यवसायीलाई हेर्ने मर्यादीत दृष्टिकोणलगायतका पाँच ओटा कुरालाई प्राथमिकतासाथ अगाडि बढाएको बताए।

उनले भने, नयाँ समिति आएको एकसय दिन पूरा भएको छ । नयाँ समिति आएसँगै पाँच वटा बुँद्दालाई प्राथमिकतासाथ अगाडी बढाएका छौं । पहिलो अहिले देशको आर्थीक समस्यालाई कसरी समाधान गर्ने र लगानिको वातावरण कसरी बनाउँने चाँहे एफ डि आईबाट आउँने लगानीको कुरा होस् । र अर्को सरकार र नीजि क्षेत्रको साझेदारी कसरी बढाउँने भन्ने रहेको थियो ।र रोजगारी श्रृजना गर्नका लागि जुन एउटा दक्ष जनशक्ति चाहिने हो त्यसलाई राम्रो सीप भएको दक्ष जनशक्ति बनमउँने र बाहिर जाँदा आउने रेमिटेन्स भित्राउन सक्ने राम्रो दक्ष जनशत्ति निर्माण गर्ने थियो।

उनले सरकार र निजि क्षेत्रलाई एक ठाउँमा ल्याउन समेत उद्योग वाणिज्य महासंघले ठुलो भूमिका खेलेको उनको जिकिर छ । निजि क्षेत्रलाई हेर्ने एउटा दृष्टिकोण रहेको थियो । मौद्रीक नीति र बजेटको लागि सुझाब दिने र सबैलाई एकठाउँमा ल्याएर साझा एजेण्डा बनाएर अगाडि बढ्यौं । मलाई लाग्छ १०० दिनको एउटा उपलब्धी यो बीचमा हामीले प्रधानमन्त्रीको भारत भ्रमणको बेला हाम्रो काउन्टर पार्ट सी आई आईसँग बिजनेस सुरु गर्यौं जुन आर्फैमा राम्रो थियो ।

महासंघले मासिक कार्य योजना अनुसार काम गर्दै जाने उनले जानकारी दिए। साथै, महासंघले पहिलो कार्यकारिणी समितिको पहिलो बैठकबाट वर्तमान आर्थिक संकटबाट बाहिर निस्कने, आन्तरिक र एफडिआइ ल्याउने वातावरण, राज्य र निजी क्षेत्रको साझेदार विकास, रोजगार सिर्जना गरेर वैदेशिक रोजगारमा जानेलाई तालिम दिने र व्यवसायीलाई हेर्ने मर्यादित दृष्टिकोण लगायत पाँचवटा कुरालाई प्राथमिकता साथ अगाडि बढाएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *