जनताले दुःख पाउनको लागि संघीयता आएको छैन् : मुख्यमन्त्री यादव

Sharing is caring!

साउन १८, २०८० । मुख्यमन्त्री सरोजकुमार यादवले जनताले दुःख पाउनको लागि संघीयता नआएको बताएका छन् ।

बिहीवार शिक्षा तथा समाज कल्याण मन्त्रालय तथा निकायहरुको आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले संघीयताको अनुभूति हुने गरी कार्य सम्पादन गर्न राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिए । जनताको काम छिटो छरितो हुनुपर्छ, जनताले दुःख पाउँदै जाने हो भने संघीयताको के काम उनले प्रश्न गरे ।

मुख्यमन्त्री यादवले मधेश प्रदेशको शिक्षाको स्तर उकास्न सम्बन्धित निकायका प्रमुखहरुलाई कडा निर्देशन दिँदै इमानदारीपूर्वक काम गर्न जरुरी रहेको बताए । प्राविधिक शिक्षाको क्षेत्रमा ४८ करोड बजेट लगानी भएपनि त्यसको उपलब्धी चित्तबुझ्दो नभएको उनले स्पष्ट पारे ।

अहिलेसम्म पनि जति उपलब्धि हुनुपर्ने हो, त्यति भएको छैन्, असन्तुष्टि व्यक्त गर्दै मुख्यमन्त्री यादवले भन्नुभयो । आफु समस्या समाधान गर्न तयार रहेको तर लापरबाही गर्नेहरुलाई कारबाही गर्न पनि पछि नपर्ने दृढता उनले व्यक्त गरे ।

जनकपुरधामको रामजानकी अन्तराष्ट्रिय रंगशाला निर्माणको लागि भारत सय करोड रुपैयाँ दिन सहमत भएको जानकारी दिनुहुँदै मुख्यमन्त्री यादवले रंगशालामा लाग्ने थप खर्च पनि भारतले व्यहोर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी पनि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *