आज विश्व रेडियो दिवस मनाइदै

Sharing is caring!

फागुन १, २०८० । आज फेब्रवरी १३ अर्थात् विश्व रेडियो दिवस मनाइदैछ । ‘रेडियो र विश्वास’ भन्ने नाराका साथ आज विश्वभर यो दिवस मनाइदैछ । नेपालमा पनि रेडियोकर्मी र सम्बद्ध संघसंस्थाहरूले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् ।

नेपालमा खास गरी १० बर्षे सशस्त्र द्वन्दका बेला नेपालका रेडियोहरुले पु¥याएको योगदान र शान्ति प्रकृयामा रेडियोले गरेको योगदान इतिहासमा सुवर्ण अक्षरले लेखिएको छ । देशका कुना कन्दरासम्म पुगेको रेडियो प्रशारण अहिले पनि उत्तिकै लोकप्रिय छ ।

आज सामुदायिक रेडियोहरुको छाता संगठन, सामुदायिक रेडियो प्रसारक संघले विभिन्न कार्याक्रम गरी रेडियो दिवस मनाउन लागेको छ । दिवसका अवसरमा अर्थमन्त्री प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रमको आयोजना गरिएको सामुदायिक सूचना नेटवर्क (सीआइएन)का सम्पादक लक्ष्मण कार्कीले जानकारी दिए ।
नेपालमा भने वि.सं. २००२ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु गरेको थियो भने रेडियो नेपालको औपचारिक प्रसारण भने २००७ साल मंसिर २८ गतेदेखि भएको थियो ।

एफएम रेडियोको प्रशारण भने २०५२ सालपछि सुरु भएको हो । विश्वमा भने व्यवसायिक रेडियो प्रशारण सुरु भएको करिब एक शताब्दी नै बितिसकेको छ । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुवरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *