आज देशैभर खिर खाने चाड मनाइँदै

Sharing is caring!

साउन १५, २०८० । नेपाली समाजमा हरेक महिना कुनै न कुनै पर्व र चाडहरु पर्छन । जस्ले नेपाली समाजमा विशेष अर्थ राख्ने गर्दै आएको छ । कहिले दही चिउरा खाने नेपाली समाज कहिल खिचडीमा खान रुचाउछ । कहिले सेल घ्यु चाकु मन पराउने यो समाज कहिले सातु पानीमा रमाउछ । यही लयमा साउन १५ खिर खाने दिन हो । देशभरका गाईवस्तु लम्पी स्किनले थला परेको बेला यसपटक खिर खानलाई दूधको समस्या नपर्ला । तर यसपटकको खिर खुवाई ती दूधालु गाई र भैसीहरुको शीघ्र स्वास्थ्य लाभको कामनामा पनि केन्द्रित हुने भएको छ ।

साउन १५ गतेलाई देशैभर खिर खाने दिनको रुपमा चिनिने गरिन्छ । नेपालमा प्राचीन कालदेखि नै खिरलाई एक उत्कृष्ट खानाको रुपमा लिइने गरिएको पाइन्छ । आर्युवेद विज्ञानमा समेत खिरको महत्व निकै रहेको पाइन्छ । साउन १५ गते खिर खाएमा शुभ हुने मान्यता रहेको छ । साउन महिनामा धेरै वर्षा हुने, विभिन्न किसिमका रोग लाग्ने र विरामी पर्ने हुँदा रोगबाट छुट्कारा पाउनको लागि पनि खिर खाने चलन रहेको पाईन्छ ।

खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले खिर खाने चलन रहेको पाइन्छ । साउन १५ मा देशैभर खिर खाने चलन भएकोले दुधको खपत पनि अरु दिनको तुलनामा लगभग ४ गुणा बढि हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *