यो सरकारलाई बिदा गर्नुको विकल्प छैन् : सांसद शर्मा

Sharing is caring!

साउन २८, २०८० । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिल शर्माले वर्तमान सरकारलाई आतंककारीको संज्ञा दिएका छन् ।

आज पार्टी संसदीय दलको बैठकपछि संचारकर्मीसंग उनले यो सरकारलाई बिदा गर्नु पर्ने र शेरबहादुर देउवा नेतृत्वमा सरकार बन्नु पर्ने बताए । उनले यो सरकारलाई आतंककारीको संज्ञा दिए ।

उनले भने, म जुन हिसाबमा पक्राउ परे म आतंककारी सरकार भन्छु यो सरकारलाई, म सरकारमा भएको महशुस भएको छैन् । यो सरकारले जसरी मलाई विना पक्राउ पूर्जी पक्राउ गर्यो, मैले झगडा गरेपछि मात्रै जारी गरियो, त्यसमा थुनामा राख्ने पूर्जी भोली पल्ट मात्रै जारी गरियो यो आफैमा गैर कानूनी हो ।

उनले भने, यो आतंककारी सरकारलाई सकेसम्म चाडो विदा गर्नुपर्छ । उनले आफूले उठाएको विषय सबैको साझा विषय भएको भन्दै अब गृहमन्त्रीको राजीनामा नआएसम्म आफूले विरोध जारी राख्ने उनको भनाई छ ।

मैले राजीनामाको माग नगरेको भए म त्यस्तोमा पर्ने थिएन्, पूर्वाग्रही भएको छ । अझै नयाँ नयाँ केशहरु पनि आउँन सक्छ । गृहमन्त्रीको राजीनामा नआउँनु जेल यो मेरो बटम लाईन हो, यो पूरा नभएसम्म मैले बोल्न पाएन भने विरोध गर्छु । मैले उठाएको विषय मेरो मात्रै होईन, विस्तारै सबैको साझा विषय बन्छ । मलाई लागेर जेलमा राख्ने तर अरुलाई अझसम्म किन कारवाही भएको छैन् भन्ने कुरा उठिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *