नेपालको स्वास्थ्य र शिक्षामा नोना कोइरालाको योगदान महत्वपूर्ण छ : डा. शेखर कोइराला

Sharing is caring!

साउन १३, २०८० । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा.शेखर कोइरालाले स्व.नोना कोइरालाले गरीब विपन्न एवं पछाडि परेका नागरिकहरुलाई स्वास्थ्य एवं शिक्षा क्षेत्रमा महत्वपूर्ण सहयोग उपलव्ध गराएको बताएका छन् ।

नोना कोइराला स्मृति प्रतिष्ठानको विराटनगर–४ स्थित इक्राहीमा आयोजित साधारण सभामा उनले स्व. कोइरालाले सामाजिक न्याय, सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षाबाट कुनै पनि नागरिक वन्चित नहुन भन्ने इच्छालाई प्रतिष्ठानले पुरा गरेको विचार व्यक्त गरेका छन् । उनले प्रतिष्ठान सेवामुलक संस्था भएकोले मुलुकलाई आवश्यक पर्ने स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्नु पर्ने आवश्यकता रहेको पनि बताए ।

उनले प्रतिष्ठानले विपदको समस्या नागरिकहरुको घर निर्माण गर्नुका साथै खाद्यान्न, स्वास्थ्य सेवा उपलव्ध गराएको जानकारी दिँदै यस कार्यलाई सञ्चारकर्मीहरुले उचित प्राथमिकता नदिएको गुनासो पनि व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले प्रजातन्त्र स्थापना र महिलाको हक हित स्थापनामा स्व. कोइरालाको ठूलो योगदान रहेको चर्चा गर्दै समग्र देशवासीको आमाको रुपमा भूमिका निभाएको बताए ।
प्रतिष्ठानका अध्यक्ष डा. नारायण कुमार, उपाध्यक्ष हसन अन्सारी, गोपालमान सिंह राजभण्डारी, पूर्व प्रदेश सभा सदस्य शान्ता पौडेल, निर्मला काइराला, निरन्जन रिजालले स्व. कोइरालाले देखाएको बाटो अनुसरण गरेमा गरीव एवं सीमाकृत नागरिक शिक्षा एवं स्वास्थ्य सेवा बन्चित नहुने विचार राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *