ऊर्जासचिव उपाध्यायले पदबाट किन दिए राजीनामा ?

Sharing is caring!

मंसिर २०, २०७५ । ऊर्जासचिव अनुप कुमार उपाध्यायले पदबाट राजीनामा दिएका छन् । उनी आगामी फागुनमा अवकास पाउँदै थिए ।

उपाध्याय लामो समयदेखि ऊर्जा मन्त्रालयमा सचिव थिए । तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा रहेका बेला लोडसेडिङ हटाउने अभियानमा विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँगै उनको पनि महत्वपूर्ण भूमिका थियो । विद्युत प्राधिकरणलाई नाफामा लैजान उनको महत्वपूर्ण भूमिका रहेको थियो ।

सरकाले विद्युत नियमन आयोग गठन गर्न लागेकोले उपाध्यायले सचिव पदबाट राजीनामा दिई आयोगको अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेको बुझिएको छ । ऊर्जासचिव उपाध्यायको राजीनामा मन्त्रिपरिषदबाट पनि स्वीकृत भइसकेको बताइन्छ ।

गठन हुन लागेको आयोगको अध्यक्षका लागि उपाध्यायसँगै अर्का पूर्व ऊर्जासचिव सुमन शर्मा र विद्युत महसुल निर्धारण आयोगका पूर्वअध्यक्ष जगत कुमार भुसाल पनि दाबेदार रहेको मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *