नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क घर कर्जा’ योजना

Sharing is caring!

साउन २८, २०८० । नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना कार्यक्रम ल्याएको छ । यो योजना अन्तर्गत बैंकले २० वर्ष सम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने जनाएको छ ।

यस योजनामा नबिलले ७ वर्षको लागि प्रति वर्ष १०.९९ प्रतिशत र १० वर्षको लागि प्रति वर्ष ११.९९ प्रतिशत स्थिर ब्याजदर राखिएको छ ।

नबिल बैंकका पर्सनल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले भनिन्, ‘जब घर कर्जाको कुरा आउँछ, घरधनीहरू हरेक महिना तिर्नु पर्ने प्रिमियम दरमा हुने परिवर्तनले आत्तिने गर्छन् । यसलाई ध्यानमा राखेर हामीले ‘नबिल ढुक्क घर कर्जा’ ल्याएका छौँ ।’ यस योजना अन्तर्गत घरधनीले आफ्नो कर्जा अवधिभर तोकिएको सुलभ ब्याजदरमा आश्वस्त हुन सक्ने उनले थपिन् ।

नबिलको यो योजनाले ग्राहकलाई घर बनाउने सपना पूरा गर्न सहज हुनेछ । बैंकका अनुसार नबिल ढुक्क घर कर्जाले पहिलो पटक घर खरिद गर्नेलाई ७० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउनेछ भने अन्यले झन्झटरहित कर्जामा ६० प्रतिशतसम्म वित्तीय सुविधा पाउनेछ।

यस योजनामा सहभागी हुनेले दुई लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सेवा निःशुल्क पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *