अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन माघमा

Sharing is caring!

असोज २, २०८० । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन आगामी माघमा हुने भएको छ ।

अखिल क्रान्तिकारीले आज काठमाडौं पत्रकार सम्मेलनमार्फत केन्द्रीय समितिको सातौं पूण बैठकका निर्णय सार्वजनिक गर्दै राष्ट्रिय सम्मेलन आगमी माघ १० गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने जानकारी दिएको हो ।
‘राष्ट्रिय स्वाधीनता र शैक्षिक अधिकारका लागि हाम्रो आन्दोलन ! समाजवाद र समाजवादी शिक्षाका लागि २३ औं राष्ट्रिय सम्मेलन !!’ भन्ने नारासहित अखिल २३औं राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको सो संगठनले जनाएको छ ।
राष्ट्रिय सम्मेलन विशेष उपसमितिहरु गठन गर्दै अखिल (क्रान्तिकारीले वर्तमान केन्द्रीय समितिलाई २३औं राष्ट्रिय सम्मेलन आयोजक समितिमा परिणत गरेको छ ।

केन्द्रीय समितिको सातौं पूर्ण बैठकले २३ औं राष्ट्रिय सम्मेलनवाट संगठनको नाम परिवर्तन गर्ने र यसबारे सुझाव संकलन गर्ने निर्णय पनि गरेको छ । माओवादीको विद्यार्थी संगठनसँग नाम जुद्दा नराम्रो कामको अपजस लिनुपरेको र आफूहरुले गरेको राम्रो कामको जस माओवादीको संगठनले लिएकाले नाम फेर्न लागिएको उपाध्यक्ष नरेन्द्र सिँले बताए ।

साथै, बैठकले हालै संसद्मा दर्ता भएको शिक्षा विधेयक २०८० ले शिक्षामा नवउद्धारवादी नीतिको पक्षपोषण गरेको निष्कर्ष निकालेको बताइउको छ ।

शिक्षा विधेयक संविधानले कल्पना गरेको समाजवाद उन्मुख देश र अनिवार्य तथा निः शुल्क शिक्षाको हकका विरुद्धमा रहेको भन्दै क्रान्तिकारीले देशव्यापी संघर्ष गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *