नागरिकता नियमावली छिटो ल्याउन सरकारलाई पीडितको आग्रह

Sharing is caring!

भदौ १३, २०८० । नागरिकता विहीन संघर्ष समिति नेपालले नागरिकता नियमावली छिटो बनाउन सरकारलाई दबाब दिएको छ । बिहीबार काठमाडौंको माइतीघरमा नागरिकताविहीन संघर्ष समिति नेपालले नागरिकता नियमावली २०८० छिटो प्रकाशन गर्नुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

संघर्ष समिति बनाएर लामो समयबाट अगुवाई गर्दै आएका पीडित इन्द्रजित साफीले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको झन्डै तीन महिना पुग्नलाग्दा समेत सरकारले नियमावली नबनाएको गुनासो गरे । उनले नियमावली नबनेको कारण आमाको नामबाट नागरिकता पाउन नसकेको भन्दै दबाबका कार्यक्रम सुरु गरेको बताए ।

उनले भने, विधेयकले कानूनको रुप लिएकै तीन महिना भैसक्न लाग्यो, तर अहिलेसम्म सरकारले नियमावली प्रकाशन गर्न नसकेको कारणले गर्दा आमाको नामबाट अहिलेसम्म नागरिकता पाएको छैन् । नागरिकता पीडित साफीेले सरकारले चाँडो नियमावली नल्याए पीडितहरुको मार्चपास गराउने चेतावनी दिए ।

बिहीबार मन्त्रीपरिषद् बस्ने कुरा हुन्छ त्यसमा पनि नियमावली पेस भएन भने जसरी हामीले पहिला मार्च उतारेर संघर्ष गरेका थियौं, त्यही रुपमा ठूलो मार्च उतारेर संघर्ष गछौं, उनले चेतावनी दिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक गत जेठ १७ गते प्रमाणीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *