राजदुत सिफारिस संविधानको भावना अनुसार नभएको पूर्वमन्त्री दासको आरोप

Sharing is caring!

साउन २१, २०८० । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री भिमसेन दास प्रधानले राजदुतको सिफारिस संविधानको भावना अनुसार नभएको टिप्पणी गरेका छन् ।

आईतबार काठमाडौंमा आयेजित ‘संविधान कार्यान्वयन जनप्रतिनिधिको भूमिका’ विषयक अन्र्तक्रियामा उनले केही सांसदहरुले यो समावेशी भएन भनेर आवाज उठाउदा उठाउदै पनि ६ जना राजदुतको सिफारिस संविधानको उलंघन गरेर गरिएको भन्दै आपत्ति जनाए ।

‘केही दिन अघि मात्र संसदीय सुनुवाई समितिमा ६ जना राजदुतको सिफारिस भयो । तर संविधानको स्पिरिट अनुसार अनुसार त्यो सिफारिस समावेशि भएन् ।’ उनले भने ।

उनले संविधानको मौलीकता भनेकै मानवको आर्थिक समावेशी , धर्मनिरपेक्ष संघियता र गणतन्त्र भएको भन्दै त्यसको संरक्षण र कार्यान्वायन सबैको दायित्व भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *