जनताले सिंगापुर हेरे, स्वीट्जरल्याण्ड हेरे र लंका पनि हेरे : सांसद सिंह

Sharing is caring!

साउन २४, २०८० । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले नेताहरुको कुरामा विश्वास गर्न सक्ने अवस्था नरहेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीसँग सिंहले यो देशमा काण्डै काण्डको प्रतिष्पर्धा मात्र हुने गरेको बताए ।

उनले भने, जनताले त हिजो पनि हेरेकै हो । पहिला जनताको आंँखामा सिंगापुर बनाईदिन्छु भन्थ्यो । त्यो पछि आएर स्वीट्जरल्याण्ड बनाईदिन्छु भन्थ्यो । यि नेताहरुले अहिले आएर यो गठबन्धनको सरकारले लंका बनाईदिन्छु भनेको छ तर मान्ने वाला कोही छैन् ।

सांसद सिंहले जनतालाई पटक पटक आँंखामा छारो हालेर यत्रो यत्रो काण्ड माथि काण्ड गरेर काण्डमय प्रतिष्पर्धा गर्ने बाहेक अरु केही नभएको बताए ।

वर्षातको कारणले देशभरि तहसनहस भएको छ तर आफुहरुले सदन उक्त कुरा राख्न नपाएको पनि उनको गुनासो थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *