देशभित्र रोजगारीको सिर्जना गर्न नसक्दा युवाहरु बिदेशिए : अग्नि सापकोटा

Sharing is caring!

साउन २४, २०८० । नेकपा माओवादी केन्द्रका नवनियुक्त प्रवक्ता अग्निप्रसाद सापकोटाले देशभित्र रोजगारीको वातावरण सिर्जना गर्न नसक्दा युवाहरु विदेशिने क्रम जारी रहेको बताएका छन् ।

बुधबार काठमाडौंको नेकपा माओवादी पार्टी कार्यलयमा आयोजित प्रवक्ता र पत्रकारबीच भेटघाट कार्यक्रममा प्रवक्ता सापकोटाले युवाहरु बाहिरिएको प्रसंग मर्माहत पार्ने खालको रहेको बताए ।

उनले भने, युवा बाहिरिएका छन् भन्ने कुरा सबै जानेको कुरा हो । उसै त छाती कमलो झनै घोप्यो झिरैले भने जस्तो । यसै त मर्माहात पार्ने खालको छ । रोजगारीका वातावरण सिर्जना गरेका छैनौं ।

प्रवक्ता सापकोटाले विदेश पलायन रोक्ने भाषण धेरै भएको तर काम नभएको चर्चा गर्दै भने, यो देशलाई सकेसम्म मातृभुमिको दोहन गर्ने मान्छेहरु नै आज अन्त गएर यहाँ च्यालेन्ज गर्दै छन् । अन्त गएर यहाँ च्यालेन्ज गर्ने हैन् । काम गरेर देखाउने हो ।

उनले युवा पलायन हुने विषयप्रति आफु गम्भीर भएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *