नेपालमा राष्ट्रद्रोहीको बाहुल्यता छ : चन्द्र भण्डारी

Sharing is caring!

असोज २, २०८० । नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीले नेपालमा राष्ट्रद्रोही जमातको बाहुल्यता रहेकैले समस्या बढेको टिप्पणी गरेका छन् ।

‘विद्यालय शिक्षा विधेयक’ विषयक काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले समयमै परीक्षा नगर्ने र नतिजा सार्वजनिक गर्न लामो समय लगाउने परिपाटीको विरोध गर्दै राष्ट्रद्रोही हरुकै कारण समस्या भएको टिप्पणी गरे ।

उनले भने ‘अमेरिका, यूरोप, चीन र भारतको जस्तो हाम्रो पाठ्यक्रम किन बन्दैन् । ३० वर्ष अगाडिका नोट ल्याएर पढाएर अहिले २१ औँ शताब्दिका युवा बनाउन सकिन्छ ? हामी किन बोल्दैनौ, यो मेरो गुनासो हो ।’ उनले भने ‘सिटिइभिटिले लिएको परीक्षाको नतिजा निकाल्न १ वर्ष लगाउँछ, त्यो नेपालमा नबस भनेको हो की होईन् ? यस्तो राष्ट्रद्रोहीहरुको जमातको बाहुल्यता छ नेपालमा आज विद्यार्थीहरुले यसको विरोध गर्नुपर्छ कि पर्दैन् ?’ अहिलेका नेता र विज्ञहरुको दोहोरो चरित्र हुन गरेको उनको टिप्पणी छ ।

‘कलियुगमा राजनीति गर्ने नेता, विद्वान, समाजका नेता यीनिहरुका दुईवटा मुख हुन्छन् । जनतासँग एउटा कुरा गर्ने र काम अर्को गर्ने हुन्छन् । यो वास्तविकता हो ।’ उनले भने । उनले अब पुरानै शैलीले देशको हित नहुने बताए ।

‘नक्सा बनायौँ, दराजमा राख्यौँ छिमेकी देशलाई दिएनौ यस्तो कार्यहरु हुन्छ । यस्तो दुईवटा मुख भएका नेताहरुसँग छौ, हामीले बुझेका छौ तर हाम्रो उमेर जान लाग्यो हामीले के गर्ने, परिवर्तन गर्न खोज्यो आफैलाई फ्याकदिने हो की भन्ने डर छ । कति राख्ने पुराना नेताहरुलाई उनीहरुलाई सम्मान गर्ने, आदर गर्ने तर अब युवाहरु राजनीतिमा आउनु पर्छ । नेपाललाई अगाडि बढाउने हो भने नत्र धेरै गाह्रो छ यो मेरो लामो अनुभव हो । ’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *