शिक्षा विधेयकको विरोधमा शिक्षक–शिक्षिका सडकमा उत्रिए [फोटो फिचर]

Sharing is caring!

असोज ३, २०८० । संविधान दिवसको अवसर पारेर शिक्षक–शिक्षिकाहरू आज सडकमा उत्रिएका छन् । प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलनमा उत्रिएका हुन् ।

विभिन्न जिल्लाबाट गाडी रिजर्भ गरेर काठमाडौं आएका उनीहरुको आन्दोलनका कारण काठमाडौंको ट्राफिक अस्तव्यस्त भएको छ। माइतीघर–बानेश्वर सडक ढाकेर हजारौंको शिक्षक शिक्षिकाहरु विरोधमा उत्रिएका छन् ।


सामुदायिक विद्यालयहरुको छाता संगठन नेपाल शिक्षक महासंघको आह्वानमा भएको आन्दोलन माग पुरा नभएसम्म नरोकिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *