पर्यटकीय पर्वतारोहणको विकास र प्रवर्द्धन आवश्यक : राष्ट्रपति पौडेल

Sharing is caring!

कात्तिक १५, २०८० । राष्ट्रपति रामचन्द्र पौडेलले पर्यटकीय पर्वतारोहणको विकास र प्रवर्द्धन गर्न आवश्यक रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित नेपाल पर्वतारोहण संघको स्वर्ण जयन्ती विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्यटकीय पर्वतारोहणको विकास र प्रवर्द्धन गर्न आवश्यक रहेको भन्दै थप काम गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलायलाई सुझाव दिए ।

उनले भने, ‘हाम्रो पर्यटकीय पर्वतारोहणको विकास र प्रवर्द्धनका लागि थप काम गर्न म नेपाल सरकार र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलायलाई सुझाव दिन चाहन्छु ।’

उनले नेपालको पर्वतीय पर्यटनलाई विश्व पर्वतीय बजारमा स्थापित गर्न नेपाल पर्वतारोहण संघले पुर्याएको योगदानलाई बिर्सन नसक्ने बताए ।

उनले भने, ‘हाम्रो पर्वतीय पर्यटनलाई विश्व पर्वतीय बजारमा स्थापित गर्न नेपाल पर्वतारोहण संघले पुर्याएको योगदानलाई बिर्सन सक्दैनौं । नेपाल सरकारले हिमालको आरोहणमा दिएको जिम्मेवारी यस संघले सफलतापूर्वक पूरा गरेको छ ।’

राष्ट्रपति पौडेलले औपचारिक रुपमा आरोहणका लागि खुल्ला गरिएको नेपालमा अनगिन्ती हिमालहरुको उपयुक्त विकास र प्रवर्द्धन गर्न नेपाल सरकारलाई सुझाव दिए ।

उनले भने, ‘नेपालमा अनगिन्ती हिमालहरु छन् । जुन औपचारिक रुपमा आरोहणका लागि खुल्ला गरिएका छन् । त्यसको विकास गर्न आवश्यक छ । यस कार्यका लागि नेपाल पर्वतारोहण राम्रो साझेदारी हुन सक्छ । त्यसैले नेपाल सरकारलाई ती हिमालहरुको उपयुक्त विकास र प्रवर्द्धन गर्न पनि सुझाव दिन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *