सिआइबीको निष्कर्ष : ‘ब्रेकशु’मा लुकाएर थप ३०२ किलो सुन तस्करी

Sharing is caring!

भदौ २७, २०८० । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले चिनियाँ समूहले ‘ब्रेकशु’बाट ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । ६० किलो बढी सुन तस्करीबारे अनुसन्धान गरेको सिआइबीले बुधबार पत्रकार सम्मेलन गर्दै ५० जनालाई प्रतिवादी बनाएको जानकारी दिएको हो ।

सिआइबीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सुन तस्करीमा संलग्न रहेकाहरूले ३६२ किलो सुन तस्करी गरेको खुलेको बताइन् । उनले भनिन् ‘अहिलेसम्म आयात भएका सुनहरू पहिला ६० किलो थियो र पछि आएर सबै ब्रेक प्याडहरूलाई यकीन गर्दा ३०२ किलो ६२ किलो थप ल्याएको देखिन्छ । त्यसलाई हिसाब गर्दा जम्मा रु ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ को बिगो कायम गरेर मुद्दा अघि बढाउँदै छौं ।’

पक्राउ पर्नेमा २३ जना नेपाली र ९ जना विदेशी नागरिक छन् । फरार हुनेमा १४ विदेश र ४ जना नेपाली नागरिक छन् । फरार हुनेमा माओवादी उच्च नेताहरूसँग सम्बन्ध भएको भनिएकी अमला रोक्का मगर पनि छन् ।

अमलाका श्रीमान् चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङलाई प्रहरीले पक्राउ गरेको छ । यो प्रकरणमा अहिलेसम्म पक्राउ परेकामध्ये उनको मुख्य भूमिका रहेको देखिएको प्रहरीले जनाएको छ । प्रमुख बज्राचार्यका अनुसार यो सुन तस्करीमा अन्तरदेशीय सङ्गठित अपराध देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *