किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ आजदेखि निःशुल्क लगाइँदै

Sharing is caring!

भदौ २७, २०८० । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले देशभरका सबै किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क खोप ‘एचपीभी’ उपलब्ध गराउने बताएका छन् ।

बुधबार काठमाडौंको थापाथलीस्थित प्रसूति अस्पतालबाट खोप अभियानको उद्घाटन गर्दै उनले पाठेघरको मुखको क्यान्सर अत्यन्तै जटिल रोग भएकाले रोकथामको लागि ७७ वटा जिल्लाका सबै किशोरीहरूले पाउने गरी सुरुवात गरेको बताए ।

उनले भने, ‘किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क खोप ‘अत्यन्तै जटिल रोगको समस्या र जति न्यूनीकरण गर्दा गर्दै देखिरहेको अवस्थामा भएकाले यो रोग नलागोस् भन्नका लागि सिमित श्रोत र साधनको हिसाबले सुरुवात गरेका छौं । उमेर समूहलाई ध्यानमा राखेर दिइने खोप ७७ वटा जिल्लाका सबै किशोरीहरूले पाउनुपर्छ । यसको लागि नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले पहल गर्छ ।’

उनले निःशुल्क आधारभूत स्वास्थ्य सेवा जसरी पनि सुरु गर्नुपर्ने बताए । ‘एचपीभी’ खोप आजदेखि निःशुल्क लगाइँदै छ । एचपीभी खोप हालका लागि १४ वर्ष पूरा भएका र १५ वर्ष नकटेका किशोरीलाई मात्रै दिइँदैछ । खोप लगाउनका लागि आफ्नो उमेर खुल्ने परिचय पत्र अनिवार्य गरिएको छ । यो खोपको दुई मात्रा लगाउनुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *