विपिन कार्की ग्लेसियर इन्टरनेसनल स्कुल एवं कलेजका ब्राण्ड एम्बेस्डर नियुक्त

Sharing is caring!

भाद्र ३, २०७७ । बानेश्वर शान्तिनगरस्थित् ग्लेसियर इन्टरनेसनल स्कुल एबं कलेजले नेपाली सिने जगतका चर्चित अभिनेता बिपिन कार्कीलाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ। छड्के, जात्रा, जात्रै जात्रा, गोपी, सेल्फी किङ, पशुपतिप्रसाद जस्ता चर्चित चलचित्रहरुमा आफ्नो अब्बल अभिनयका साथ दर्शकमाझ लोकप्रिय अभिनेता बिपिन कार्कीलाई भाद्र १ गतेदेखि लागू हुने गरि ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको कलेज तथा स्कूल व्यवस्थापक समितिले बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

कलेजका प्रिन्सिपल दिवश शाक्यले शिक्षा क्षेत्रमा मनोरञ्जन र कला क्षेत्रलाई पनि जोड्नुपर्ने आवश्यकत्ता औल्याउँदै नायक कार्कीले आफ्नो भूमिका खरो रुपमा निभाउने विश्वास दिलाएका थिए । उनले नायक कार्कीलाई ब्राण्ड एम्बेस्डर बनाउन पाउनु स्कुल एवं कलेजको लागि पनि गौरवको विषय भएको बताए । शाक्यले कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि लकडाउन गर्दा मारमा परेका पत्रकारका पाँच जना छोराछोरी र कलाकारका पाँच जना छोराछोरीलाई निःशुल्क पढाईनेपनि जानकारी दिएका थिए ।

कार्यक्रममा एशोसिएट प्रोफेसर सरोज मिश्रले फिल्म एक्टरहरुको फलोअर्स धेरै हुने सुनाउँदै नायक कार्कीले सही कुरालाई सही र गलत कुरालाई गलत भनेरस्कूल तथा कलेज व्यवस्थापनलाई सल्लाहसुझाव दिनुपर्ने बताए ।

कार्यक्रममा नायक कार्कीले कलेजको ब्राण्ड एम्बेस्डर बन्न पाएकोमा खुशी व्यक्त गरे । र, उनले शिक्षा क्षेत्रमा कला क्षेत्रलाई सम्मान गरिएको महशुस भएको पनि बताएका थिए ।

कार्यक्रमको सभापतित्व स्कुल तथा कलेज सञ्चालक समितिका अध्यक्ष दिलिप कुमार विष्टले गरेका थिए भने कार्यक्रमको सञ्चालन कलेजका भाईस प्रिन्सिपल रेगन प्रसाईले गरेका थिए । स्कुल तथा कलेजको ब्राण्ड एम्बेस्डरको भूमिका रहने नायक कार्कीले विद्यार्थीहरुको क्षमता अभिवृद्धि र उनीहरुको हौसला बढाउने भूमिका निर्वाह गर्नेपनि व्यवस्थापक समितिले विश्वास लिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *