रामेछापको सुनापतिमा बस दुर्घटना, २ जना गम्भीर घाइते

Sharing is caring!

भदौ २७, २०८० । सुतापति गाउँपालिका–३ देउसी चौतारोमा बुधबार बिहान भएको बस दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् ।

रामेछापकै दोरम्बा शसैलुङ गाउँपालिका–५ रजमनटारबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा परेकोको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई उपचारको लागि काठमाडौं पठाइएको सुनापति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चिनीमाया बलले जानकारी दिनुभयो ।

बा ३ ख ५९६० नं को सो बस सडक किनारमा पल्टिएको छ । बसमा २५ बढी यात्री सवार थिए । गम्भीर बिरामीलाई एम्बुलेन्समा पठाइएको र अन्य बिरामीलाई गाउँपालिकाको गाडीमा पठाउने तयारी भइरहेको बलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *