गणतन्त्र दिवसमा प्रदेश ५ मा सार्वजनिक बिदा

Sharing is caring!

जेठ १३, २०७५ । प्रदेश नं ५ का १२ जिल्लामा जेठ १५ गते गणतन्त्र दिवसका दिन सार्वजनिक बिदा दिइने भएको छ ।

गणतन्त्र दिवसको दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेशको आन्तरिक तथा कानून मन्त्रालयले आज सूचना प्रकाशन गरी जानकारी दिएको छ । गणतन्त्र दिवसको अवसरमा सोमबारदेखि तीन दिनसम्म विभिन्न संघ, संस्थाको समन्वयमा विभिन्न कार्यक्रम आयोजना हुने पनि बताइएको छ ।

प्रदेश नं ५ मा रुपन्देही, नवलपरासी, पाल्पा, अर्घाखाँची, गुल्मी, बाँके, बर्दिया, रोल्पा, दाङ, पूर्वी रुकुम, कपिलवस्तु र प्यूठान पर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *