राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौँमा प्रदर्शन गर्ने

Sharing is caring!

भदौ २७, २०८० । राष्ट्रिय प्रजातन्त्र पार्टीले गौ हत्याको विरोधसहित आज काठमाडौँमा प्रदर्शन गर्ने भएको छ ।

राजतन्त्र पुनर्बहाली, हिन्दु राष्ट्रको माग, सङ्घीयता खारेजीलगायतको माग राखेर काठमाडौँमा प्रदर्शन गर्न लागेको हो ।
राप्रपा पार्टी कार्यलयका अनुसार आज मध्याह्न १२ बजे भृकुटीमण्डपबाट प्रदर्शन सुरु हुनेछ ।

राप्रपाले गौ हत्या बढे पछि विरोध स्वरूप प्रदर्शन गर्दै आएको छ । सोही क्रममा आज काठमाडौँमा प्रदर्शन गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *