बैठकले राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने ऐतिहासिक निष्कर्ष निकाल्छ : प्रधानमन्त्री दाहाल

Sharing is caring!

साउन १७, २०८० । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय समिति बैठकले राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने ऐतिहासिक निष्कर्ष निकाल्ने बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय समितिको चौथो पूर्ण बैठकको घोषणा गर्दै अध्यक्ष दाहालले बैठकले पार्टी र आन्दोलनलाई मात्र नभई सिङगो जनता र राष्ट्रको आवश्यकलाई सम्बोधन गर्ने ऐतिहासिक निष्कर्ष निकाल्ने बताएका हुन् ।


उनले भने, यो बैठकले पार्टी र आन्दोलनलाई मात्र होइन्, सिङगो जनता र राष्ट्रको आवश्यकलाई सम्बोधन गर्ने ऐतिहासिक निष्कर्ष निकाल्ने छ ।

अध्यक्ष दाहालले पछिल्लो समयमा अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिमा ध्रूवीकरणका नयाँ प्रकृयाहरु देखा परेको भन्दै उक्त बैठकबाट पूर्ण निर्माणको अभियान चलाउँने बताए । उनले भने, यो बैठकबाट पूर्ण निर्माणको अभियान चाल्नुपर्छ । पछिल्लो समयमा अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिमा ध्रूवीकरणका नयाँ प्रकृयाहरु देखा परेका छन् ।


अध्यक्ष दाहालले आफूहरु एकताको नयाँ प्रकृयातिर जाँदै गरेको उल्लेख गर्दै अगाडि भने ‘ अहिले हामी एकताको नयाँ प्रकृयातिर जाँदै छौं । हामी समाजवादका उद्देश्यका लागि जन समाजवादी मोर्चा निर्माणका लागि अगाडि बढ्दैछौं । विकास र राजनीतिको परिमार्जन समेत त्यसका आधारमा पार्टी एकतालाई अझ उचित गर्ने जर्मको गरेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *