आफुमाथि देशैभरिको बारेमा सोच्नु पर्ने जिम्मेवारी आयो : रवि लामिछाने

Sharing is caring!

साउन १७, २०८० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचनका बेलामा अघि सारेका प्रतिबद्धता पूरा गर्न धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

सांसद निर्वाचित भएको सय दिन पूरा भएको अवसरमा बुधबार आफ्नो निर्वाचन क्षेत्र चितवन – २ का मतदाताहरुसँग भेटघाट गर्दै सांसद लामिछानेले आफुमाथि देशैभरिको बारेमा सोच्नु पर्ने जिम्मेवारी आएको बताए ।

उनले भने ‘म माथि देशैभरिको बारेमा सोच्नुपर्ने जिम्मेवारी आएको छ, आफुले निर्वाचनमा बोलेका कुराहरुलाई अगाडि सार्ने र त्यसको लागि धेरै काम गर्न बाँकी रहेको छ ।’ बुधबारबाट सांसद लामिछानेले औपचारिक रुपमा चितवन २ का मतदाताहरुको लागि सचिवालय पनि स्थापना समेत गरेका छन् ।

उनले भने ‘सुरुवाती केही दिनहरुमा आवश्यकता परेका केही व्यक्तिहरुको फोन उठाउन गाह्रो हुने अवस्था हुन सक्छ । सुरुवातका केही समयहरु व्यवस्थित गर्न केही न केही तल माथि हुन्छ होला त्यसलाई अन्यथा नलिनुहोला । ’

सभापति लामिछानेले चितवन २ प्रतिको आफ्नो दायित्व भने नभूल्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *