विधान संशोधन गर्दै माओवादी केन्द्र

Sharing is caring!

साउन १७, २०८० । नेकपा माओवादी केन्द्रले विधान संशोधन गर्ने भएको छ ।

बुधबार बसेको स्थायी कमिटी बैठकले कमिटी विधान विपरीत भएकाले विधान संशोधन गर्ने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता कृष्णबहादुर महराले स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै बैठकले उक्त निर्णय गरेको बताए ।

आज विधान संशोधन गरेर कमिटीहरूमा थप केही महिला, समावेशी, केही युवा र छुटेका सिनियर साथीलाई ल्याउने भन्ने भएको छ । को ल्याउने भन्ने निर्णय भएको छैन ।

उनले अहिले सरकार र पार्टीको कामकारबाहीको विषयमा पनि आफ्ना कुरा राख्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *