प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगन

Sharing is caring!

असार २२, २०७५ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफूले दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावमाथि तत्काल छलफल हुनुपर्ने अडान लिएकाले प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगन गरिएको छ ।

काँग्रेसले आज आमरण अनशनरत डा गोविन्द केसीको उपचारको व्यवस्था गरी जीवनरक्षा गर्न संघीय संसद् सचिवालयमा प्रस्ताव दर्ता गराएको थियो । बैठकको शुरुमै काँग्रेसका सांसदहरुले उक्त प्रस्ताव कार्यसूचीमा नभएको भन्दै आशनबाट उठेर विरोध जनाउनुभएको थियो ।

सभामुख कृष्णबहादुर महराले बोल्नका लागि सांसद बालकृष्ण खाँणलाई समय दिएकामा उहाँले उक्त प्रस्तावका सम्बन्धमा सरकारको जवाफ माग गर्दै प्रस्तावलाई महत्व दिई तत्काल छलफल गर्नुपर्ने बताउनुभएको थियो ।

सभामुख महराले सार्वजनिक महत्वको प्रस्ताव सदनको जानकारीमा आएको बताउँदै प्रस्तावका सम्बन्धमा सरकारको जवाफ आउने र प्रस्ताव प्रक्रियाअनुसार अघि बढ्ने बताउनुभएको थियो । सभामुखको पटक–पटकको आग्रहपछि पनि काँग्रेस सांसदहरु उभिइरहेपछि सदन आधा घण्टाका लागि स्थगन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *