कांग्रेसले वीपी स्मृति महोत्सव गर्दै

Sharing is caring!

भदौ १८, २०८० । नेपाली कांग्रेस सूचना संचार तथा प्रचार विभागले वीपी साहित्य महोत्सव गर्ने भएको छ ।

विभागले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८० साउन २ देखि १० गते सम्पन्न बैठकले ११० औं वीपी जन्मजयन्तीको अवसरमा बीपी साहित्य महोत्सव, २०५० आयोजना गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

यही भदौ २४, २५ र २६ गते बीपी स्मृति भवन सानेपा, ललितपुरमा हुने उक्त महोत्सव नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजना, नेपाली लेखक संघको संयोजन एवम् निरन्तर शनिबार नेपाल सांस्कृतिक संघ र फाइन आर्टको सहयोगमा सम्पन्न हुने छ ।

यस ऐतिहासिक महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न नेपाली काग्रेसका सहमहामन्त्री मा. बद्रिप्रसाद पाण्डेको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *