वन तस्करी कम भएको मन्त्री महतोको दाबी

Sharing is caring!

भदौ १८, २०८० । वन तथा वातावरणमन्त्री डा. बीरेन्द्र प्रसाद महतोले वन तस्करी कम भएको दाबी गरेका छन् ।
आज काठमाडौंमा कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा प्रगति विवरण सार्वजनिक कार्यक्रममा मन्त्री महतोले पहिलेको तुलनामा अहिले उजुरी नै नआएको बताए ।

उनले भने, वन तस्करी कम भएको छ । पछिल्लो समय उजुरी पनि आएका छैनन् । सानोतिनो त आई नै हाल्छ काठको,शिकारीको कुरा यसको लागि व्युरो पनि बनाएका छौं। यो हाम्रो निगरानी भित्र परेको हुनाले पहिलेको जस्तो छैन् । काठलाई वयवस्थापन गर्न र यसको उपयोग गर्नको उद्योग खोल्ने कुरा भइरहेको उनको भनाइ छ ।
मन्त्रालयले पछिल्लो समय विकासलाई वातावरण मैत्री बनाउने उदेश्यले ४८ वटा वातावरण प्रभाव मूल्यांकन सम्बन्धी प्रतिवेदनहरु स्वीकृत गरेको छ ।

१०० दिनको कार्यभारमा काठ दाउरा नेपाल सरकार (मन्त्रिपरिषद्) बाट नेपाल वन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०८० (दोस्रो संशोधन) स्वीकृत गरी नेपाल राजपत्रमा समेत प्रकाशन भएको थियो । उक्त संशोधनबाट वन सेवा अन्तर्गत संस्थागत हुने गरी वातावरण समूह थप भएको र वन सेवाका पदनामहरुमा समसामयिक सुधार गरिएको उल्लेख गरिएको छ ।

यस्तै यही १०० दिनको अवधिमा नेपाल सरकार (मन्त्रिपरिषद्) वाट वन (पहिलो संशोधन) नियमावली, २०८० स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशन भएको छ । यस संशोधनबाट खनिजजन्य वन पैदावारको राजध दरमा देखिएको दोहोरोपना हटाउने, विभिन्न प्रजातिका बल्लाबल्लीको राजश्च दरमा पुनरावलोकन लगायतका विषयहरु समावेश भई वन पैदावार उपयोग र व्यवस्थापनको कार्यहरूमा सरलीकरण र सहजीकरण भएको पनि कार्यप्रगतिमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *