भाषिक एकतामा भानुभक्तको ठूलो योगदान : ओली

Sharing is caring!

असार २९, २०८० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भानुभक्तले नेपाली जनताको भाषिक एकतामा अविष्मरणीय योगदान पुर्याएको बताएका छन् ।

महिला, वातावरण र संस्कृति चित्रकला प्रदर्शनीका कलाकारहरुलाई धन्यवाद ज्ञापन एवम् भानुजयन्ती विशेष कार्यक्रममा अध्यक्ष ओलीले भानुभक्तले समाजलाई लगाएको गुन स्मरणयोग्य भएको बताए । भानुभक्तले नेपाली समाजलाई थितिमा, मूल्यमा, नैतिकतामा बाध्नका लागि प्रयास गरेको देखिएको ओलीको भनाइ थियो ।

उनले भने ‘ असत्यको बाटो आवलम्बन गर्न पाउँदा गौरव गर्ने, देशमा झुट बोल्न पाउँदा, अर्कालाई पीडा दिन पाउँदा आनन्द पाउँने प्रवृत्ति बढेको छ । यस्तो परपीडक प्रवृत्ति भन्दा कसैलाई पीडा नदिने खालको प्रवृत्ति नै ठीक हुन्छ । त्यसकारण अरुलाई दुःख दिनुभन्दा भक्तिरस दिएर नेपाली जनतालाई एउटा भाषिक एकतामा ल्याएर ठूलो एकीकरणलाई नै योगदान पु¥याएका छन् । ’

आम नेपालीलाई एउटै भाषामा बाँधेर भाषिक एकता ल्याउनु चानचुने योगदान नभएको उल्लेख गर्दै अध्यक्ष ओलीली नेपाली जाति र भाषाका लागि भानुभक्त सम्झिरहने नायक बनेको बताए । उनले भने ‘ भानुभक्तले नेपाली भाषामा रामायण अनुवाद गरेर र रामायण लेखेर महाकाव्यको अनुवाद गर्नु भानुभक्त आचार्यले उक्त अनुवादबाट नेपाली समाजलाई असाधरण हिसाबले भाषिक एकतामा आवद्ध गरेर र नेपाली भाषामा भक्तिरसका कृतिबाट सांस्कृतिक उत्थानका लागि मद्दत पु¥यायो । ’

अध्यक्ष ओलीले भानुभक्तका रचनाहरुमा समाज परिवर्तनका अग्रगामी सन्देशहरु त्यति नपाइने तर यथास्थितिका तथ्यहरु पाइने चर्चा पनि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *