सांसद शाहीको प्रधानमन्त्रीलाई प्रश्न : क्रिकेट खेलाडीलाई दिने भनिएको १७ लाख खोई ?

Sharing is caring!

भदौ १८, २०८० । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले क्रिकेट खेलाडीहरुलाई १७ लाख दिने भनेर गरेको वाचा किन पूरा नगरेको भन्दै प्रश्न गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद कार्कीले भारतमा क्रिकेटका कप्तान रोहित शर्माले वर्षमा २७ करोड आम्दानी गर्दा नेपालका कप्तान रोहित पौडेलको ७ लाख २० हजारभन्दा बढि नपाएको भन्दै खेलाडीहरुलाई दिन भनेको पैसा छिटोभन्दा छिटो वितरण गर्न ध्यानाकर्षण गराएका छन् ।

उनले भने, प्रधानमन्त्रीले क्रिकेट खेलाडीका लागि भनेर नेपाल नामिबिया स्कटल्यान्ड काठमाडौंमा ३ लाख, नेपालले यूएइमा खेल्दाँ ३ लाख , नेपालले यूएइ पिएनजी काठमाडौंसँग खेल्दा ३ लाख, प्रधानमन्त्रीले घोषणा गरेको २ लाख र एसीसी कप जित्दा ६ लाख गरेर नेपालका खेलाडीहरुलाई १७ लाख दिने भनेर बाचा गर्नुभयो तर अहिलेसम्म त्यो पैसा पुगेको छैन् ।

आज हामी खेलाडीहरुलाई बधाई दिदैँ गर्दा डर लाग्छ कि लाग्दैन् । भारतमा क्रिकेटका कप्तान रोहित शर्माले वर्षमा २७ करोड आम्दानी गर्दा नेपालका कप्तान रोहित पौडेलको ७ लाख २० हजारभन्दा बढी छैन् । खेलाडीहरुलाई दिन भनेको पैसा किन दिएको छैन् त्यो दिनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *