चैत ११ देखि लगाईएको लकडाउन आज राति १२ बजेपछि अन्त्य

Sharing is caring!

साउन ६, २०७७ । कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि चैत ११ देखि लगाईएको लकडाउन आज राति १२ बजेपछि अन्त्य गर्ने सरकारले निर्णय गरेको छ ।

मंगलबार पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता तथा अर्थ एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले चार महिनादेखि लगाईरहेको लकडाउन अन्त्य भएको जानकारी दिएका हुन् ।

प्रवक्ता खतिवडाले साउन १५ गतेबाट होटल व्यसाय खुल्ने निर्णय गरेको छ भने भोज र पार्टी गर्न भने पाइने छैन ।

त्यसैगरी, सरकारले भदौ १ गतेदेखि लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । निजी सवारी साधनमा लगाउँदै आएको जोरबिजोर प्रणालीसमेत हटाएको छ ।

त्यस्तै सरकारले भदौ १ बाट विद्यार्थी भर्ना खोल्ने निर्णय गरेको छ । स्कुल खोल्ने निर्णय गरे पनि सरकारले कक्षा सञ्चालन गर्न भने नदिने भएको छ ।

पछिल्ला दिनमा कोरोना संक्रमण घट्दै गएको र बढेमा फेरि लकडाउन गर्ने  प्रवक्ता खतिवडाले जानकारी दिए । नेपालमा कोरोना भाइरसका कारण पाँच महिनाको अवधिमा ४० जनाले ज्यान गुमाएका छन भने संक्रमितको संख्या १७ हजार ९ सय ५४ जना पुगेको छ । संक्रमितमध्ये १२ हजार चार सय ७७ जना  निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *