काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से परिसूचक ३४.६१ अंकले उक्लिँदै २७९४.७८ बिन्दुमा अडिएको छ । लगानीकर्ताको उत्साहसँगै शेयर कारोबारमा समेत उल्लेख्य वृद्धि देखिएको छ ।
आज कुल ३३० स्टकको १४ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको ४ करोड ३१ लाख कित्ता शेयर किनबेच भएको छ । मंगलबारको तुलनामा कारोबार रकम झण्डै ५ अर्बले बढेको हो ।
सेन्सेटिभ इन्डेक्स ७.८६ अंक, फ्लोट इन्डेक्स २.६६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.८२ अंकले उकालो लागेको छ ।
यस दिन केबिएल डिबेन्चर र थ्रि स्टार हाइड्रो पावर का सेयरमा सकारात्मक सर्किट लागेको छ । केबिएल डिबेन्चरको मूल्य १२८ रुपैयाँले बढेर १४१२ रुपैयाँमा पुग्दा, थ्रि स्टार हाइड्रोको सेयर ६६ रुपैयाँले बढ्दै ७३१ रुपैयाँमा अडियो । ग्रिन डेभलपमेन्ट बैंक को सेयर पनि ११५ रुपैयाँले उकालो लाग्दै १४८६ रुपैयाँमा कारोबार भयो ।
यता, माइखोला हाइड्रो पावर को सेयर मूल्य सबैभन्दा धेरै ७८ प्रतिशतले घट्दै ९१५ रुपैयाँमा झर्यो । नारायणी डेभलपमेन्ट बैंक को सेयर ४९ रुपैयाँले घट्दै १६४३ रुपैयाँमा पुगेको छ ।
आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरूमा बुटवल पावर कम्पनी, सानीमा माइ हाइड्रो, राधी जलविद्युत र लुम्बिनी विकास बैंक रहेका छन् ।