अगस्ट १५ मा अलास्कामा ट्रम्प–पुटिन भेट, युक्रेन युद्ध समाधानमा छलफल हुने

hitkhabar.com


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी अगस्ट १५ मा अमेरिकाको अलास्का राज्यमा भेटवार्ता हुने भएको छ ।

शुक्रबार सामाजिक सञ्जालमार्फत ट्रम्पले अलास्कामा पुटिनसँग भेट हुने जानकारी दिएका हुन् । शनिबार रूसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले पनि उक्त भेटबारे पुष्टि गरेका छन् ।

उशाकोभका अनुसार शिखर बैठकमा दुवै नेताले रुस–युक्रेन द्वन्द्वको दीर्घकालीन शान्तिपूर्ण समाधानका विकल्पहरूमा मुख्य ध्यान दिनेछन् ।

उनले अलास्कामा हुने भेटपछि अर्को बैठक रूसमा हुने र त्यसका लागि अमेरिकी पक्षलाई निमन्त्रणा दिइसकेको पनि जानकारी दिए । (सिसिटिभि)

प्रतिक्रिया