काठमाडौं । नेपालमा हाल पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा मध्यान्हसम्म हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।
महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहनेछ । तराई भू–भागमा भने मुख्यतया मौसम सफा रहने जनाइएको छ ।
यसैगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
10 Feb 2026