काठमाडौं । वर्षको अन्तिम दिन स्थानीय बजारमा सुन तथा चाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (चैत ३०) सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको छ। यो अघिल्लो दिनको तुलनामा ४०० रुपैयाँले कम हो। यसअघि सुन प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ७५ रुपैयाँले घटेर ४ हजार ९०० रुपैयाँमा झरेको छ। अघिल्लो दिन यसको मूल्य ४ हजार ९७५ रुपैयाँ रहेको थियो।
स्थानीय बजारमा अन्तर्राष्ट्रिय मूल्यको प्रभावका कारण सुनचाँदीको भाउमा दैनिक उतारचढाव देखिने गरेको छ।
13 Apr 2026