काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली को पित्तथैलीसम्बन्धी शल्यक्रिया त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा सफलतापूर्वक सम्पन्न भएको छ। अस्पताल स्रोतका अनुसार शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ र उनी चिकित्सकहरूको निरन्तर निगरानीमा रहेका छन्।
चैत्र १४ गते गुण्डुस्थित निवासबाट नियन्त्रणमा लिएपछि स्वास्थ्य समस्या देखिएपछि उनलाई सोही दिन अस्पताल भर्ना गरिएको थियो। त्यसपछि उनकी पत्नी राधिका शाक्य ले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।
पछि सर्वोच्च अदालत ले सुनुवाइ गर्दै अनुसन्धान प्रक्रिया पूरा भएपछि पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई हिरासतबाट मुक्त गर्न आदेश दिएको थियो। आदेशपछि दुवै जनालाई हाजिर जमानीमा रिहा गरिएको भए पनि स्वास्थ्य अवस्थाका कारण ओली अस्पतालमै उपचाररत रहेका थिए।
यसैबीच, जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको अनुसन्धानका लागि गठित जाँचबुझ आयोगले उनीहरूमाथि फौजदारी मुद्दा चलाउन सिफारिस गरेपछि प्रहरी कारबाही अघि बढाइएको थियो।