भियतनाममा डुङ्गा पल्टिदा ३४ जनाको मृत्यु

hitkhabar.com


काठमाडौं । भियतनाममा पर्यटक चढेको डुङ्गा पल्टिदा कम्तीमा ३४ जनाको ज्यान गएको छ । 

भियतनामको उत्तरमा रहेको हाल लङ खाडीमा खराब मौसमका कारण सो दुर्घटना भएको हो । पानीबाट ११ जनालाई जीवित उद्धार गरिएको छ। आँधी बेरी आएपछि ओन्डर सिज नामको सो डुङ्गा पल्टिएको थियो । डुङ्गामा ५३ जना यात्रा गरिरहेका थिए। धेरै जसो राजधानी हनोइबाट घुम्न गएका थिए ।

उद्धारकर्ता अहिले पनि उद्धार कार्यमा संलग्न छन् ।

एक १० वर्षीय बालकको पनि उद्धार भएको छ। ठुलो स्वरले कराएपछि उद्धार गरिएको उनले बताएका छन् । त्यहाँ निकालिएको शव मध्य कम्तीमा ८ जना बालक रहेको जनाइएको छ । 


प्रतिक्रिया